धुलाबारीमा दृष्टि आँखा अस्पतालकोे चौधौं शाखा सञ्चालनमा

झापा – झापाको बिर्तामोड स्थित सैनिक मोडमा मुख्य कार्यालय रहेको दृष्टि आँखा अस्पतालले हरेक क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने क्रमलाई तिब्र बनाएको छ ।

शहर केन्द्रित अस्पताल खुल्ने क्रमबढी रहेका बेला दृष्टि आँखा अस्पतालले भने ग्रामिण क्षेत्रमा सेवा विस्तारलाई अघि बढाएको अध्यक्ष राम उप्रेतीले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC
  • यसैबीच दृष्टि आँखा अस्पतालले १४ औं शाखाको रुपमा मेची नगरपालिका–१० को धुलाबारी बजारमा स्थापना गरेको छ । पब्लिक प्राइभेट पार्टनर सीपको उत्कृष्ट नमुना अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारी,वडा कार्यालय तथा दृष्टि आखाँ अस्पताल बिर्तामोडको संयुक्त प्रयासमा मेची नगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिने उद्धेश्यले मंगलबारबाट सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीका व्यवस्थापन समितिका प्रमुख एवम् मेची नगरपालिका–१० का वडाध्यक्ष सुवेशकुमार पनेरु, उपाध्यक्ष प्रदिप अधिकारी, मेडीकल अधिकृत डा। सुधाकर झा लगायतले प्राथामिक स्वास्थ्य केन्द्रमा आँखा र कानको सेवा प्रारम्भ गरेर दृष्टि आँखा अस्पतालले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

बढी भन्दा बढी बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्ने अठोटका साथ सेवा शुरु गरेको अस्पतालले मंगलबार र बुधबार आँखा तथा कानको निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको मेडीकल वरिष्ठ चिकित्सक डाक्टर विजय भुसालले जानकारी दिए ।

कोभिड–१९ को संक्रमणलाई मध्यनर गर्दै सबै सावधानी अप्नाएर सेवा प्रवाह गरिने डा।भुसालले बताए । अस्पतालमा स्वास्थ्य विमाका विरामीले समेत सेवा पाउने बताइएको छ ।

  • फोटो बिष्णु श्रेष्ठ/ पालिका सन्देश
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *