काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।
 
								 
															

















