धोएको  शिक्षक 

कविता “धोएको  शिक्षक” – देवीप्रसाद गौतम

EPIC

विद्यार्थीको मनोविज्ञान छोएको शिक्षक,
सहकर्मीको मनोदशामा रोएको  शिक्षक ।
राजा महेन्द्रकै शिक्षा ऎन र नियमावलीमा,
लोकतान्त्रिक गणतन्त्रले धोएको  शिक्षक ।

EPIC EPIC EPIC

नासु र अधिकृतलाई  हाकिम पाएको शिक्षक,
सरुवा बढुवामा उनैको भजन गाएको शिक्षक।
भ्रष्टाचाररहित पेशामा खुशीले छाएको शिक्षक,
गणतन्त्रवादी  नेताहरूले खुब दाएको शिक्षक ।

विद्यार्थीका  संवेदनाको  गीत  गाएको शिक्षक  ,
सबै प्रकारका दवाव सम्हाल्न भ्याएको शिक्षक ।
करार, राहत अस्थायी र स्थायीमा रोएको शिक्षक  ,
श्री ३ हरू जन्माएको  गणतन्त्रले धोएको शिक्षक  ।

गौतम मनकामना क्याम्पस र भानु माविमा विगत लामो समयदेखी प्राध्यापन गराउँदै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *