नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सिनियर अनमीविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिनियर अनमी निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
 

मा.सि.का. पदबाट नियुक्ति लिई हाल सिनियर अनमी पदमा स्तर बृद्धि भएकी सरस्वतीले शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएका छ।

EPIC EPIC EPIC EPIC EPIC

उनले अनमी विषय लिई प्राविधिक एसएलसी परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अनमी नेपाल नर्सिङ्ग काउन्सिलको दर्ता प्रमाण–पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौ तहमा स्तर बृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर बृद्धि भई सिनियर अनमी निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली/झुट्टा प्रमाण पत्र पेश गरेको अख्तियारको ठहर छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लाभ एवं सुविधा लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले ओलीलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *