नदी नियन्त्रणमा जुट्दै खैरहनी नगरपालिका

चितवन / बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ। नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो।

नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस वर्ष रु सात करोडभन्दा बढी खर्च गरिँदैछ। स्वीस सरकारको पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणको काम थालिएको हो।

EPIC EPIC EPIC

राप्ती नदीमा स्पर निर्माण भइरहेको छ भने अन्य खोलामा तटबन्धनको काम थालिएको प्रमुख चौधरीले जानकारी दिए। खैरहनी वडा नं ७ र ९ को वैरहनी दक्षिण सिमाना भएर बगेको पम्फाखोलामा एक करोड ८० लाख रुपैयाँ बराबरको तटबन्धनको काम भइरहेको छ। त्यस्तै बूढीराप्ती खोलाको गौचरनमा ८० लाख रुपैयाँ बराबरको काम भइरहेको छ।

बूढीराप्ती खोलाकै फसेर्नीमा ६० लाख रुपैयाँ, लदराखोलामा ३९ लाख रुपैयाँ र लदराखोला होलिल्याण्ड जाने बाटोमा ८० लाख रुपैयाँ बराबरको तटबन्धनको काम भइरहेको छ। राप्ती नदीमा चार स्पर निर्माणको काम थालिएको छ। त्यसका लागि झण्डै दुई करोड रुपैयाँ खर्च लाग्ने चौधरीको भनाइ छ। अन्य सानातिना तटबन्धनका काम पनि भइरहेका छन्।

नदी तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षति हुने भएकाले ती खेतीयोग्य जमिनलाई जीविकोपार्जनसँग जोडेर तटबन्धनको काम गरिएको उनले बताए। पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम अहिले दोस्रो चरणमा सञ्चालन भइरहेको छ। सो परियोजनाअन्तर्गत पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रमको ६० प्रतिशत, खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भइरहेको छ। यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्दत पुगेको चौधरीले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *