नमस्ते कि नमस्कार ?

सीता खरेल

EPIC

हुन त यो नेपाली संस्कार र नेपाली चलन हो, जहाँ नमस्कार र नमस्ते शब्द बिना अर्थ पूर्ण रूपमा प्रयोग गरिन्छ । म कहिँ,कतै र कतिपय धेरै मानिसहरुले अर्थ नै नबुझी नमस्कार को सट्टा नमस्ते नमस्ते को सट्टा नमस्कार शब्दको प्रयोग गरेको देख्ने गर्दछु ,र सुन्ने पनि गरेकी छु ।

EPIC EPIC EPIC

‘नमस्कार शब्द नम + सत्कार मिलेर पूर्ण रूपमा नमस्कार शब्द बनेको हुन्छ र जसको अर्थ हुन्छ ,’म तपाईंलाई स्वागात गर्दछु वा म तपाईंलाई हृदयदेखी नै स्वागत गर्दछु । यति गहन र निष्ठापुर्ण अर्थ बोकेको नमस्कार शब्दलाई हामीले कहिलेकाहीँ नमस्ते प्रतिक्रिया दिएर विपरित कार्यमा हात उचालिरहेका हुन्छौँ।

‘नमस्ते’ शब्द,नम + आस्तिक शब्द प्रयोग भएर नमस्ते शब्द बनेको हुन्छ , जसको अर्थ हुन्छ म हजुरबाट अस्ताए विदा मागे वा बिदा भए भन्ने गहन अर्थ बोकेको हुन्छ त्यसैले मैले नमस्कार नमस्ते शब्द लाई लिएर के हो त रु नमस्कार र नमस्ते शब्द यो कस्तो ठाउँमा प्रयोग गरिन्छ भन्ने जिज्ञासा् जागेको यसबारे बिृस्तृत अध्ययनपछि यति धेरै अन्तर पाए अनि महसुस भयो कि।।।।

हामीले सानो सानो कुरालाई ख्याल् नगरेर आउँदा भावी पिँढि लाई नकारात्मक कुराहरु पो सिकाउँदै छौँ कि भन्नृ सोचले मैले यो छोटो लेख लेख्न बाध्य भएँ।

हुनत हाम्रो नेपाली समाज ,यहाँ ठुला र उच्च पदर्थ मानिसलाई मात्र सम्मान को रूपमा नमस्कार गर्ने प्रचलन चली आएको छ। र त्यसको प्रतिक्रिया भने साना मानिसहरुले नमस्ते नै पाउने गरेका छन्। जस्ले येस्तो सानो सोच बोक्छ उ बिल्कुलै जिवनमा चाहेर पनि सफलता प्राप्त गर्न सक्दैन न त्यसैले यो नमस्कार र नमस्ते शब्द उचित ठाउँमा प्रयोग गरौं ,नेपाली सस्कार र संस्कृतीको जग्रेना गरौं ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

2 Responses

  1. भेट हुँदा नमस्कार अनि बिदा माग्दा नमस्ते !
    ल धन्यवाद छोटो र महत्त्वपूर्ण बिषयका लागि ।

  2. हाम्री ज्ञानी र असल साथीलाई बधाई तथा थप प्रगतिकाे शुभकामना,
    रचनाकाेलाई नमस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *