नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड: १५ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा आइतबार बिहान भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।

EPIC

लोकनायक अस्पताल (एलएनजेपी) की प्रमुख चिकित्सा अधीक्षक डा. रितु सक्सेनाका अनुसार घटनाका क्रममा १५ जनाले ज्यान गुमाएका छन् । बीबीसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

EPIC EPIC EPIC

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसैबीच, भारतीय रक्षा मन्त्री राजनाथ सिंहले पनि मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्न अपिल गरेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *