कचनकवल।
आउँदै गरेको नयाँ वर्ष २०८० को अवसर पारी वैशाख २ गते कचनकवल गाउँपालिका ४ केचनामा वृहत् घाटोसरी र सिरुवा कार्यक्रम आयोजना गरिने भएको छ।
नेपाल गन्गाई कल्याण परिषद कचनकवल गाउँ कमिटी झापाको आयोजना तथा नेपाल गन्गाई कल्याण परिषद झापा जिल्ला कमिटी झापा र भ्वाइस अफ गन्गाई कम्युनिटी कचनकवलको सह-आयोजनामा आउँदो शनिबार कचनकवल ४ अन्तर्गत पर्ने केचना बाजारमा दिउँसो १ बजेबाट उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ।