बुद्धशान्ति । झापाको बुद्धशान्ति-३ मा अवस्थित नवकिरण माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ ।
नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँकमिटिको आयोजनामा महान सहिद छविलाल आचार्य(अणु)को २३ औं स्मृति दिवसको अवसर पारेर वृक्षारोपण गरिएको नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँकमिटिका अध्यक्ष प्रेम नेम्वाङले बताएका छन् ।
उनका अनुसार बुद्धशान्ति-३ मा अवस्थित नवकिरण माध्यमिक विद्यालयमा एकसय बढी सुपारीका विरुवा रोपेर स्मृति दिवस मनाइएको हो ।
नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा पूर्व मन्त्री माननिय झलकसिंह दर्लामी, माओवादी केन्द्रका विभिन्न कार्यकर्ता, नवकिरण माध्यमिक विद्यालयका अध्यक्ष खगेन्द्र आचार्य, प्रधानाध्यापक खेमराज कट्टेल लगायतको उपस्थिति रहेको थियो ।