नवकिरणमा शिक्षक–अभिभावक संघ गठन, अध्यक्षमा घिमिरे

बुद्धशान्ति (पालिका सन्देश)। नवकिरण आधारभूत विद्यालय बुद्धशान्ति–३ झापामा शिक्षक–अभिभावक संघ गठन गरिएको छ । सोमबार अभिभावकहरुको एक भेलाले सर्वसम्मत रुपमा विद्यालयमा शिक्षक–अभिभावक संघ गठन गरेको हो ।

अभिभावकहरुको भेलाले दुई बर्षे कार्यकालका लागि रामप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा तीर्थराज तिम्सिना, तुलसीराम पोखरेल, दुर्गा बास्कोटा, विष्णुदेवी देवी दुलाल, सञ्चय महतो, जानुका धमला, गीता विक र मीना तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा बुद्धशान्ति गाउँपािलका वडा नं–३ की वडा सदस्य एवम् कार्यपालिका सदस्य नर्वदा चाँपागाईं बास्कोटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ईश्वरीराज ढकाल, पूर्व प्रधानाध्यापक चन्द्रमणी ढकाल, खड्ग बहादुर दर्जी, निर्वतमान शिक्षक अभिभावक संघ अध्यक्ष जगदीश ढुंगाना, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष डिल्लीराम श्रेष्ठ, गंगाराम न्यौपाने, समाजसेवी इन्द्र प्रसाद खतिवडा, डिल्लीराम ढुंगाना लगायतको आतिथ्ता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य चापागाईं, पूर्व अध्यक्ष ढकाल, विव्यस अध्यक्ष आचार्य, निर्वतमान शिक्षक अभिभावक संघ अध्यक्ष ढुंगाना, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष श्रेष्ठ लगायतले निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा विद्यालय र विद्यार्थीको विकासमा अभिभावक र शिक्षकको भूमिका बलियो बनाउन विद्यालयसँग समन्वयात्मक सम्बन्ध राख्दै कार्य गर्ने बताए । उनले विद्यालयको शिक्षण गुणस्तरलाई थप बृद्धि गर्न विद्यालयसँग अभिभावकलाई प्रत्यक्ष रुपमा जोडेर अगाडि बढ्न कार्ययोजना नै बनाएर अघि बढ्ने बताए । प्रधानाध्यापक खेमराज कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक छविन्द्र तिवारीले गरेका थिए । २०२५ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्म पठनपाठन भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *