Search
Close this search box.
Search
Close this search box.

नवलपरासीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु

तस्विर: सामाजिक सञ्जाल

नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका ९ मा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदलेका लागि छुटेकोे लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ९ गोरेघुम्तीमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

EPIC

मृत्यु हुनेमा जीप चालक बौदीकाली ६ माझडाँडाका २६ वर्षीय छन बहादुर आलेमगर, ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी रानामगर र कमला वानटकी मगर, बुलिङटार गाउँपालिका ४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा, कावासोती १६ का १७ बर्षीय अस्विन गैरे र मध्यविन्दु२ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको  जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

कमला वानटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरेको मृत्यु भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *