नविता आफू त बाँचिन् तर संगै सुतेको छोराको वियोगले छट्पटाई रहन्छिन्

सानीभेरी गाउँपालिका-४ रुकुम (पश्चिम) की नविता खड्काले आफू र ४ महिने सानो छोराको ज्यान त जोगाइन्, तर सँगै एउटै बेडमा सुतेका ठुलो छोरा निर्जल चन्दलाई सदाका लागि गुमाइन् ।

एकातिर आफ्नो शरीरको दुखाई, अर्कोतिर छोरो गुमाउनु पर्दाको पीडाले उनलाई अहिले सताइरहेको छ । ‘भूकम्प आएर घरभित्र च्यापिँदा म त मर्छु होला भन्ने सोचेको थिएँ, सानो बाबु रोइरहेको थियो, म कराइरहेकी थिए,’ उनले भनिन्, ‘आवाज सुनेर सुरुमा मलाई र सानो बाबुलाई निकाल्नु भयो, ठुलो बाबु त रुनै नपाएर बित्यो । ‘

EPIC EPIC EPIC EPIC EPIC

उनको सानो छोराको टाउको र ढाडमा चोट छ, भने वनिताको हात र छातीमा चोट लागेको छ । श्रीमान् त्यस दिन घर बाहिर गएकाले भोलीपल्ट बिहान मात्र आइपुगेको बताइन्। आफू र सानो छोरालाई सुरुमा स्थानीय स्वास्थ्य चौकीमा लगेर उपचार गरेको र त्यसपछि रुकुम सल्ले हुँदै हेलिकप्टरमार्फत नेपालगन्जको भेरी अस्पतालमा ल्याएको उनले सुनाइन् ।

भेरी अस्पतालले छुट्टाएको ‘विपल वार्ड’ मा यस्ता थुप्रै घाइते भर्ना भएका छन् । भेरी अस्पतालमा शनिवारदेखि आमा र छोराको उपचार चलिरहेको छ । अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाका अनुसार उनीहरु दुबै अहिले खतरामुक्त छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *