Search
Close this search box.
Search
Close this search box.

नवोदित कवि मिलन श्रेष्ठको एकल कविता बाचन

बिर्तामोड । झापाको बिर्तामोडमा नवोदित कवि मिलन श्रेष्ठको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड –५ स्थित सुनगाभा इङ्लिस स्कूलको आयोजनामा ६० औं राष्ट्रिय वालदिवसको अवसर पारेर साँस्कृतिक कार्यक्रमसहित नवोदित कवि मिलन श्रेष्ठको एकल कविता बाचन कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिरा खड्का श्रेष्ठको अध्यक्षता तथा प्राज्ञ तथा बहुभाषि साहित्य कलाकेन्द्र झापाका अध्यक्ष हरीप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थी शिखा शिवाकोटीले स्वागत गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल समेत रहेका नवोदित कवि मिलन श्रेष्ठले एकल कविता बाचन गरेका थिए । कार्यक्रमको सुरुवातमा श्रेष्ठले ‘हिउँले सजिएको मेरो देश’ शीर्षकको कविता प्रस्तुत गरे। त्यसपछि उनले ‘जीवनको यौवन’, ‘जीवनको गन्तव्य’, ‘मभित्रको तिमी’ , ‘मेरो एउटा सानो गाउँ’, ‘ खै के भनौं अनि कसरी भनौं’, ‘ तर कसलाई भनौं ’,
‘ तिमीलाई खै कसरी वर्णन गरौं’, शीर्षकको कविता प्रस्तुत गरी आफ्ना कविता मार्फत दर्शकको मन जितेका थिए ।उनले कार्यक्रम अवधिभर आफ्ना आठ ओटा कविता बाचन गरेका थिए भने केही गीत समेत प्रस्तुत गरेका थिए । सानैदेखि साहित्यमा रुची भएका श्रेष्ठले एउटा कविता लेखेर आफ्ना साथी जितेन्द्र श्रेष्ठलाई देखाउँदा जितेन्द्रले राम्रो लागेर केचनामा भएको बहुभाषिक साहित्य कवि गोष्ठीमा बाचन गर्न लगाउँदा त्यहाँ कविता उत्कृष्ट भएर सम्मानित हुँदा त्यसैको प्रेरणाले कविता लेख्न थालेको नवोदित कवि मिलन श्रेष्ठले बताए । छ महिनादेखि आफूले कविता लेृख्न थालेको र ६० औं राष्ट्रिय वालदिवसको अवसर पारेर पहिलो पटक एकल कविता बाचन गरेको उनले बताए । अबदेखि निरन्तर साहित्य साधनामा लाग्ने उनको भनाई छ । कार्यक्रममा प्रमु्ख अतिथि पौडेलले कार्यक्रममा बाचित कविता सुन्दा आफ्ना कवितामार्फत कवि श्रेष्ठले थोरै शब्दमा धेरैकुरा भन्न सफल भएको बताए । आफु ती कविताबाट झनै प्रभावित भएको बताउँदै उनले कवि श्रेष्ठलाई साहित्य क्षेत्रमा लागीरहन शुभकामना दिए । कार्यक्रममा गायक जीतेन्द्र श्रेष्ठ, सेक्सोफोन गायक राजकुमार गुरुङले गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका संञ्चालक संगीत गुरु दीपक रायमाझीलाई सम्मान गरिएको थियो भने विद्यालयबाट कक्षा ८ उत्तिर्ण गरी जाने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको
थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुमध्ये एक ÷एक जनालाई स्टुडेन्ट अफ द मन्थ घोषणा गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा साहित्य चौतारी झापा नेपालका संस्थापक,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ, साहित्यकार पुनित वंशल, डीके लिम्वू, बद्री महत, कञ्चन इङलिस स्कूलका प्रिन्सिपल दिपक चम्लागाई, प्रशान्ती एजुकेशन का प्रिन्सिपल रहमत अन्सारी, आठराई पव्लिकेशनका विनोद खतिवडा, निरज पोखरेल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, एपी वानका विष्णुकुल श्रेष्ठ, सूर्योदय टेलिभिजनका देव वाँस्कोटालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश दर्नालले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *