नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सको पनि ट्राफिक प्रहरीले मान्यता दिने

 अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएकाे छ । ​सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले यसबारे जानकारी दिएकाे हाे । 

याेसँगै सवारी जाँचका क्रममा नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा मान्य हुनेछ । 

EPIC EPIC EPIC

“नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ,” नागरिक एपकाे पोस्टमा लेखिएको छ ।  

सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्य सहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा नेपाल प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताब सवारी इजाजतपत्र हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेकाले भाैतिक लाइसेन्स नै देखाउनुपर्ने ट्राफिक प्रहरीकाे तर्क थियाे । 

अब भने नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय भएसँगै सवारी चालकले माेबाइलबाटै लाइसेन्स देखाउन सक्नेछन् । याे सेवा देशव्यापी रूपमै लागू भएकाे नागरिक एपले जनाएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *