नापी कार्यालय प्रमुखमाथि आक्रमण, फोटोसप प्रयोग गरी सामाजिक सञ्जालमा चरित्र हत्या प्रयास

पालिका सन्देश | चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुख सालिकराम लम्सालमाथि चन्दा नदिएको निहुँमा कार्यालयभित्रै सांघातिक आक्रमण भएको छ। आफूलाई ‘नेकपा बहुमत’ का कार्यकर्ता बताउने समूहले आर्थिक चन्दा मागेको र नदिएपछि धम्की दिँदै हमला गरेको पीडित लम्सालको भनाइ छ।

चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुख सालिकराम लम्सालमाथि आफूलाई ‘नेकपा बहुमत’ का कार्यकर्ता बताउने समूहले कार्यालयभित्रै आक्रमण गरेको छ। लम्सालका अनुसार सो समूहले ५–६ लाख रुपैयाँ चन्दा मागेको थियो। उनले चन्दा सहयोग स्वेच्छिक हुनुपर्ने भन्दै सम्पूर्ण कर्मचारीबाट जति संकलन हुन्छ, त्यति दिन तयार रहेको बताए पनि उनीहरूको माग स्वीकार नगर्दा धम्की दिन थालिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

घटनाको केही दिनपछि ती व्यक्तिहरू सेवाग्राहीको भेषमा कार्यालयमा आएर लम्सालमाथि सांघातिक हमला गरेका थिए। कार्यकक्षमै प्रवेश गरी सांकेतिक रूपमा कुटपिट गर्दै शरीरमा मोबिल छ्यापी उनीहरू फरार भएका हुन्। लम्सालले आफूले यसअघि कुनै पनि सेवाग्राहीलाई दुख नदिएको र इमानदारीपूर्वक सरकारी सेवा दिँदै आएको बताउँदै घटनाले आफू मानसिक रूपमा पीडित भएको बताए।

हमलापछि ती व्यक्तिहरूले सामाजिक सञ्जालमा लम्सालको वर्ष दिन पुरानो तस्वीरलाई फोटोसप गरी बदनाम गर्न थालिएको पनि उनले बताएका छन्। हाल उनले कानुनी उपचारको प्रक्रिया अगाडि बढाइरहेका छन् भने दोषीलाई कारबाही गरिनु पर्ने मागसमेत उठेको छ। इमानदार कर्मचारीमाथि यस प्रकारको आक्रमणले प्रशासनिक सेवा प्रदायकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *