नाफामा गएपछि नेपाल एयरलाइन्सले २ अर्ब ९४ करोड ऋण तिर्दै

image search 1681979446487

काठमाडौं– नेपाल एयरलाइन्सले सञ्चालन मुनाफामा गएपछि एक वर्षको अवधिमा २ अर्ब ९४ करोड बढी सावाँ–ब्याज भुक्तानी गरेको जनाएको छ ।

नेपाल वायुसेवा निगमको तर्फबाट प्रवक्त रमेश पौडेलद्वारा जारी विज्ञप्ति अनुसार निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ–ब्याज चुक्ता गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

विज्ञप्तिमा जनाइए अनुसार गत असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको छ ।

निगम अहिले मुनाफामा सञ्चालनमा रहँदा उडान र ग्राउण्ड ह्याण्डलिङबाट कमाई राम्रो गरिरहेकोले ऋणको सावाँ–व्याज तिर्न सक्षम भइरहेको हो ।

निगमले अहिले दुई न्यारो बडी र दुई वाडड बडी विमान खरिद गर्दा लिएको कर्जा चुक्ता गर्दै आएको छ ।

विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीले कन्तविजोग अवस्थामा पुगेको निगम अहिले सुखद चरणमा फर्कने प्रयासमा छ ।

कोरोना महामारीका कारण व्यापारमा ठूलो असर पर्दा कुनै पनि व्यवसायिक गतिविधि नभएको भन्दै निगमले उक्त अवधिको ब्याज, हर्जाना र पेनाल्टी छुट एवं किस्ताको संख्या वृद्धि नगरी कर्जा भुक्तानीलाई सहज बनाइदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको पनि जारी विज्ञप्तिमा उल्लेख छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *