नाबाकलदेखि वृद्धसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण

नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण  निरन्तर रूपमा हुन थालेको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २२ गते  कलेजो प्रत्यारोपण सफल भएको थियो । 

त्यसपछि उक्त केन्द्रमा कलेजो प्रत्यारोपणले निरन्तरता पाइरहेको छ । केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा  पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको थियो । 

EPIC EPIC EPIC EPIC

दक्षिण कोरियास्थित सामसुङ मेडिकल सेन्टरबाट आएको कलेजो प्रत्यारोपण सर्जनको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण सम्पन्न गरिएको थियो । 


केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार केन्द्रमा तीन वर्षीय बालकको समेत  कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत वर्ष उक्त केन्द्रमा तीन वर्षका बालकको जन्मजात पित्तको नलीको विकास नभएको अवस्थामा हेपाटो ब्लास्टोमा क्यान्सरका कारण कलेजो फेल भएकाले कलेजो प्रत्यारोपण गरिएको थियो  ।  

नाबाकलदेखि ६८ वर्षीय वृद्धसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको जानकारी दिँदै डा. श्रेष्ठले कलेजो प्रत्यारोपणको नाममा बिदेसिने रकमलाई नेपालमै जोगाएर राख्ने काम भएको  बताए। कलेजो तथा मिर्गौला प्रत्यारोपणका लागि नेपालबाट वार्षिक पाँच अर्ब रुपैयाँ बिदेसिने गरेको अनुमान रहेको छ । 

कार्यकारी निर्देशक डा. श्रेष्ठले दिनुभएको जानकारी अनुसार अब केही दिनभित्रै डेढ वर्षका नाबालकको पनि कलेजो प्रत्यारोपण गर्ने तयारी भएको छ । डा. श्रेष्ठले गत आर्थिक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सफल भएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *