नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

20230404 173515

काठमाडौं। नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । 

balatkar2023 04 04 05 04 26


पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय  आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । 

EPIC EPIC EPIC


प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिएइ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 


आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *