बुधबारे – नारी जागरण अभियानद्वारा झापाको बुद्धशान्तिमा महिला जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जागरणकि अध्यक्ष मन्दिरा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले नारी सचेतनामुलक पम्पप्लेट पढेर कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रममा सहभागीले महिलामाथि हुने विभेद र हिंसाका घटना दिनानुदिन बढ्दै गएको, हाम्रो समाजबाट नारीहिंसा अन्त्य हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको भन्दै सचेतना जगाउने पम्पप्लेट सहित बुधबारे बजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा नेपाल स्काउट र पहिलाे पाइलाले सहयोग गरेको थियो ।