नियमित खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै – सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइदिन आग्रह गरेको छ । ‘वैशाख महिना : खोप महिना’ कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई नियमित दिनुपर्ने नौ प्रकारका खोपमध्ये कुनै छुटेको भएमा पाँच वर्षभित्रै लगाइसक्न आग्रह गरेको हो ।

यसैबीच सरकारले आउँदो शनिवार र आइतवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

दुई दिने अभियानमा पाँच वर्षमुनिका झन्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

भिटामिन ‘ए’ कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभरका जिल्लामा सञ्चालन हुँदै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *