काठमाडौं महनगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ । सडक व्यापारीबाट पैसा असुलेको, अमानवीय व्यवहार गरेको पाइएपछि उनीहरू कारबाहीमा परेका हुन् । वसन्तपुरमा अभद्र व्यवहार गर्ने थप एक नगर प्रहरीलाई कारबाही गर्न मेयर बालेनले निर्देशन दिएका छन् ।
सेक्युरिटी कम्पनीबाट ‘आउटसोर्सिङ’ गरी ल्याइएका ७ र स्थायी ५ गरी १२ जनालाई कारबाही गरिएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।