झापा । निर्यात व्यापारमा नयाँ कीर्तिमान कायम भएको छ । चालु आर्थिक वर्ष आव २०८१/८२ को १० महिना साउन–वैशाखको अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा यस अवधिमा भएको सर्वाधिक निर्यात हो । गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले निर्यात बढेको हो ।
यसअघि आव २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो आर्थिक वर्षमा कुल वैदेशिक व्यापारले समेत कीर्तिमान राख्दै २१ खर्ब नाघेको थियो । आव २०७७/७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको नेपालले लगत्तैको आव २०७८/७९ मा ४१।७४ प्रतिशत धेरै अर्थातः २ खर्ब बराबरको वस्तु निर्यात गरेको थियो । यस वर्ष भने १० महिनामै सो कीर्तिमान तोडिएको हो ।
यस वर्ष १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर १८।३७ प्रतिशत हुँदा निर्यात व्यापारमा ७२।७१ प्रतिशतको वृद्धि भएको छ ।
त्यसले गर्दा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा प्रतिशतमा समेत छलाङ मारेको देखिएको छ । वैशाखसम्म कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२।८८ प्रतिशत पुगेको छ । अघिल्लो आवको १० महिनामा यस्तो हिस्सा ८।८३ प्रतिशत थियो । निर्यातको हिस्सा ४५।९१ प्रतिशतले बढेको हो ।
अघिल्लो आवको १० महिनामा वस्तु निर्यात १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ मात्र रहेको थियो । यस वर्ष ९१ अर्ब ७३ करोड ७५ लाख रुपैयाँले निर्यात बढेको हो । अघिल्लो आव २०८०र८१ को १२ महिना ९वार्षिक० मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।
यस वर्ष १० महिनामा सर्वाधिक निर्यात भएका पहिलो ५ वस्तुमध्ये दुई वस्तु वनस्पति तेल रहेको छ । १० महिनामा सोयाबिन तेल निर्यात मात्रै ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको भएको छ ।
यस अवधिमा ३७ करोड ४० लाख ८६ हजार ३६८ किलोग्राम सोयाबिन तेल निर्यात भएको हो । दोस्रो नम्बरमा सनफ्लावर तेल रहेको छ । जुन ४ करोड ५७ लाख ७९ हजार २९ लिटर निर्यात भएको छ । यसको मूल्य १० अर्ब ९ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबर रहेको छ ।