नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई १५८५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका छन् ।

EPIC EPIC EPIC EPIC

ओली एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।

मंसिर १० देखि १२ गतेसम्म चल्ने भनिएको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा सर्वसहमति नभएपछि थप दुई दिन लम्बिएको थियो।

लामो मतभेदपछि केही पदमा सर्वसहमति गर्दै अध्यक्ष, उपाध्यक्ष, सहसचिव र खुलातर्फको केद्रीय सदस्यमा निर्वाचन भएको थियो।

सोमबार अबेर रात सुरु भएको मतदान मंगलबार बिहानसम्म चलेको थियो। मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *