नेपालका राजनेता: राजा महेन्द्रपछि केपी शर्मा ओली

पृथ्वीनारायण शाहपछि चर्चित मानिएका राजाहरूको सूचीमा राजा महेन्द्रको नाम सबैले लिन थालेको पाइन्छ। एक समय राजा महेन्द्रमाथि नबुझी विभिन्न टिप्पणी र आरोप लगाइए पनि आज उनी दुरदर्शी, विकासप्रेमी तथा राष्ट्रवादका प्रतीकका रूपमा मूल्यांकन भइरहेको छ।

हामी नेपालीले तत्कालीन समयको राष्ट्रिय स्वार्थ, कूटनीतिक परिदृश्य, आन्तरिक–बाह्य हस्तक्षेपको वास्तविक स्वरूप तत्काल बुझ्न नसक्ने प्रवृत्ति छ। समय बितेपछि मात्र बुझेका कुरा बुझेर वा नबुझेरऔपचारिक बहसका विषय बन्न पुग्छन्, जसको अर्थ समयपछि थौरै मात्र रहन्छ।

EPIC EPIC EPIC

नेपाललाई लामो समयदेखि दोस्रो र तेस्रो मुलुकका शक्तिले डेमोग्राफिक, सांस्कृतिक र राजनीतिक रूपमा प्रभावमा पार्ने प्रयास भइरहेकै छ। जातीय, धार्मिक, क्षेत्रीय पहिचानलाई भिडाएर “विभाजित गर, शासन गर” भन्ने औपनिवेशिक रणनीति नेपालमा केही वर्षयता द्रुत गतिमा सक्रिय देखिन्छ। विदेशी शक्तिका आकर्षक तर रणनीतिक नारा र बहसमार्फत केही नेतृत्व तथा सर्वसाधारण भ्रममा पार्ने कार्य सफलता पूर्वक अघि बढेको अनुभूति हुन्छ।

विगत केही वर्षयता स्थिर सरकारसमेत १८ घण्टा नटिक्नुपर्ने अवस्था आउनुले विदेशी तथा आन्तरिक कूटनीतिक तानातानलाई गम्भीरतापूर्वक नबुझ्ने ठूलो जमात सतहमै अडिएको छ।

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले राष्ट्रहितलाई केन्द्रमा राखेर अभिव्यक्ति र निर्णय लिन थालेपछि धेरै पक्ष उनीप्रति असहज हुँदै गए। अन्तर्राष्ट्रिय शक्तिका कूटनीतिक संरचनाले ओलीविरुद्ध भ्रम फैलाउने कामलाई प्रबर्द्धन गरेको विश्लेषकहरू बताउँदै आएका छन्।

ओलीले पहिलो, दोस्रो र तेस्रो कार्यकालमा प्रस्तुत गरेका योजना र कार्यकमहरू विकासको दृष्टिले प्रभावकारी मानिन्छन्। कतिपय अन्तर्राष्ट्रिय संस्था तथा संयुक्त राष्ट्रसंघका प्रतिवेदनमा समेत नेपालमा ती वर्षहरू उल्लेख्य प्रगतिका रूपमा चित्रित भएको बताइन्छ। यही कारणले ओली विरुद्ध योजनाबद्ध अभियान चलेको विश्लेषण सार्वजनिक धारणा बन्न पुगेको छ।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवा–२ मा जन्मिएका हुन्। परिवारको बसाइँसराइ क्रमसँगै झापाको रणमति, भद्रपुर हुँदै उनी दमक तथा काठमाडौं–भक्तपुरमा बसोबास गर्दै आएका छन्। बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मेका ओली साढे एक वर्षमै मातृ–वियोगमा परेका थिए। बाल्यकाल पहाडी जीवनका कष्टपूर्ण परिस्थितिमा बिताउनु परेको थियो।

कक्षा ४ सम्म इवामै अध्ययन गरी झापाको गरामनीमा कक्षा ५–६ र त्यसपछि आदर्श मावि घैलाडुवामा अध्ययन गरी वि.सं. २०२८ मा एसएलसी पास गरेका ओलीको राजनीतिक यात्रा झापाबाटै सुरु भएको हो। चर्चित झापा विद्रोहका मुख्य पात्रमध्येका एक तथा त्यो आन्दोलनका एक मात्र जीवित पात्र ओली हुन्।

लोकतन्त्र, सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकतामा निरन्तर अडान राख्दै आएका ओली वि.सं. २०४८ मा झापा क्षेत्र नं. ६ र २०५९ मा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए।

वि.सं. २०५१–५२ मा गृहमन्त्री हुँदा शान्ति–सुरक्षामा महत्वपूर्ण काम गरेको भन्ने मूल्यांकन पाइन्छ। २०६४–६५ मा उपप्रधान तथा परराष्ट्रमन्त्री, २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री बनेका उनी नेकपा (माले)का संस्थापक नेतामध्येका एक हुन्।

२०२२ सालदेखि राजनीतिक यात्रामा लागेका ओली २०२८ सालमा कम्युनिस्ट पार्टीका सदस्य बने। झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन बिताएका उनी जेलमै अध्ययन, भाषणकला तथा वैचारिक परिष्कारमा निखार आएको बताइन्छ।

राधिका शाक्यसँग विवाह सम्बन्ध समेत राजनीतिक गतिविधि तथा संगठन विस्तारकै बेला गहुँगोरो सम्बन्ध बनेर अगाडि बढेको हो।

अध्ययनमा सफल, शास्त्रीय परम्परा तथा अंग्रेजी दुवैमा दक्ष, उखान–टुक्का तथा हाँस्यरस मिसाएर प्रस्तुति दिन सक्षम नेताका रूपमा ओली दीर्घकालीन रूपमा परिचित छन्।

उनले २०४८, २०५१, २०५६, २०७० र २०७४ मा विभिन्न क्षेत्रमा जित हासिल गरे। २०७१ सालमा नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गरी अध्यक्ष बने।

सङ्घीयता लागू भएपछि छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमान बचाएर मुलुकलाई अघि बढाउनु उनको अगाडि रहेको चुनौती थियो। यही अडानका कारण उनी विरुद्ध भ्रम फैलाउने गतिविधि तीव्र भएको हो।

राजा महेन्द्रले पञ्चायती संरचना, पूर्व–पश्चिम राजमार्ग, भौगोलिक संरचना, सामाजिक सुधार, भुमि सुधार, छुवाछुत उन्मूलन, राष्ट्रिय सभा, सीमा सुरक्षा लगायत धेरै महत्वपूर्ण काम गरेका थिए भने २०४६ पछि उनीजस्तै विकास, स्वाभिमान र स्थिरतामा जोड दिने नेता ओली नै देखिन्छन् भन्ने धारणा बलियो बन्दै गएको छ।

ओलीमाथि आलोचना हुने एउटा कारण पनि यही हो कि जसले राष्ट्रिय स्वाभिमानमा अडान राख्छ, विदेशी हस्तक्षेप रोक्न खोज्छ, त्यही व्यक्ति लक्षित भएर भ्रम फैलाउने प्रयास गरिन्छ। इतिहासले यही कुरा राजा महेन्द्र, राजा वीरन्द्र र राजा ज्ञानेन्द्रको सन्दर्भमा देखाइसकेको छ।

अहिले राजसंस्थाको आवश्यकता छ भन्ने विचार नागरिक समाजदेखि राजनीतिक नेतासम्मले व्यक्त गर्न थालेका छन्। यस्तै परिस्थितिमा ओलीको १०० दिन नपुग्दै बैंक, सञ्जाल, नागरिक समाज र बौद्धिक वृतमा उनीप्रति पुनः समर्थन देखिन थालेको छ।

यसका पछाडि निम्न प्रमुख कारण देखिन्छन्।

२०७२ मा ओली सत्तामा आएपछि विभिन्न शक्तिले पार्टीभित्रै हस्तक्षेप गरेर भ्रम छर्ने प्रयास भयो। दोस्रो कार्यकालमा अन्तर्राष्ट्रिय योग दिवसका प्रसङ्गमा योगको उत्पत्ति नेपालमा भएको दाबीले भारतिय मिडियामा असन्तोष बढ्यो। रामको जन्मस्थान ठोरी हुन सक्ने दाबी, कोरोना महामारीका बेला भारतिय भाइरस बढी खतरनाक भएको भनाइ, चीनसँग प्राविधिक सहयोगमा खनिज उत्खनन, दलित समुदायलाई थर लेख्ने अधिकारबारे परिपत्र, सुकुम्बासी व्यवस्थापन, पशुपतिनाथमा जलारी राखेर दर्शन व्यवस्था सुधार, चीनमा नेपालको भूभागबारे स्पष्ट अडान, रेल–पानीजहाज–ऊर्जा–हुलाकीमार्गका महत्वाकांक्षी योजना, उपचार आफ्नै देशमा गर्ने निर्णय, सम्पत्ति राज्यको नाममा दिने घोषणा– यी सबै कदम राष्ट्रियतासँग जोडिएका थिए।

मधेस आन्दोलन, प्रदेश संख्या ७ मा सीमित राख्ने अडान, प्रदेश नामकरणमा जातीय विभाजन रोक्ने, सामाजिक सञ्जाललाई कर–दायरा भित्र ल्याउने प्रयास, राष्ट्रिय सुरक्षा, बाह्य हस्तक्षेप रोक्ने अडान– यी सबै कदमले उनी राष्ट्रिय स्वाभिमानका नेता भएको धारणा बनेको छ।

विदेशी प्रभाव, आन्तरिक असन्तुलन र दलभित्रका निजी स्वार्थले गर्दा ओली नेतृत्वको सरकारले स्थिर रूपमा काम गर्न पाएन भन्ने आम–आधार निर्माण हुँदै गएको छ।

जागरण आवश्यक रहेको मुख्य कुरा के हो भने ओलीका सबै कुरा पूर्णतया सही छन् भन्ने होइन। तर राष्ट्रहितका विषयमा उठाएका तथ्य र अडानको गम्भीर अध्ययन तथा नागरिकमा यथार्थ बुझाइ विस्तार गर्नु आवश्यक छ।

आजको अवस्थामा राष्ट्रिय स्वाभिमान, स्वाधीनता, धार्मिक–सांस्कृतिक विरासत, राष्ट्रिय एकता जोगाउन तथा आन्तरिक विवाद अन्त्य गरी देशलाई स्थिरतामा लैजान ओली र राजसंस्था दुवैलाई एकसाथ अघि बढाउनु पर्ने धारणा व्यापक बन्दै गएको छ।

देशलाई मजबुत रूपमा अघि बढाउन राष्ट्रिय एकता, स्वदेशी नेतृत्व, स्वाभिमान र दूरदृष्टियुक्त संयोजन आवश्यक छ। यही संयोजन ओलीबाट सम्भव देखिन्छ भन्ने विश्वास बढिरहेको छ।

धन्यवाद
इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *