Search
Close this search box.
Search
Close this search box.

नेपालका २५ प्रतिशत घरधुरी बैंकको ऋणमा

गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् ।

नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो ।बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ ।

EPIC EPIC EPIC

राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म (१५ दिन) प्रत्येक व्यक्ति तथा परिवार’bout विस्तृत विवरण संकलन गरेको थियो ।

सार्वजनिक गरिएको नतिजाअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले घर रहेका छन् । २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तल्ले र १ दशमलव ३ प्रतिशत चारतले पाइएको छ । शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले शून्य दशमलव शून्य १ प्रतिशतदेखि नौ तले ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् ।

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २ दशमलव ३४ प्रतिशत रहेको छ ।

नेपालका कुल घरमध्ये ७१ प्रतिशत आवासीय, ३ प्रतिशत व्यापारिक, शून्य दशमलव ३७ प्रतिशत सरकारी, १ दशमलव १२ शैक्षिक, शून्य दशमलव २० प्रतिशत स्वास्थ्यसम्बन्धी रहेका छन् ।

यीमध्यै पौने ५ लाख घर खाली अवस्थामा रहेका छन् । वैदेशिक रोजगार र सहरकेन्द्रित बसाइ हुँदा सबैभन्दा बढी खाली घर दोलखामा पाइएको छ । दोलखामा २१ प्रतिशत घर खाली छन् । यसैगरी सिन्धुपाल्चोकमा पनि १७ प्रतिशत घर खाली छन् । जाजरकोटमा १५ प्रतिशत घर मानवविहीन छन् भने मुखुकमा १४ प्रतिशत घर प्रयोगविहीन अवस्थामा छन् । यसैगरी रसुवामा १४ प्रतिशत, नुवाकोटमा १३ दशमलव ९८ प्रतिशत, काभ्रेमा १४ प्रतिशत, गोरखामा १२ प्रतिशत पर्वतमा १० प्रतिशत, रामेछापमा १८ प्रतिशत घर बिनाप्रयोजन बनाएको पाइएको छ । आजको राजधानी दैनिकमा यो समाचार छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *