नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

screenshot 20230324 122151 chrome

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यस पटक बागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

त्यस्तै, भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ जसमा बागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *