नेपालमा एक वर्षमा ७ हजार २ सयभन्दा बढीले गरे आत्महत्या

पोखरा। आर्थिक वर्ष २०८०/८१ मा मुलुकभर ७ हजार २ सय २३ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन्। यो गम्भीर तथ्यांक वर्डलिंक कम्युनिकेसन लिमिटेड र साइक डेस्क फाउन्डेसनले आयोजना गरेको ‘आत्महत्या रोकथाम सहजीकरणसम्बन्धी तालिम’ कार्यक्रममा सार्वजनिक गरिएको हो।

पोखरामा सम्पन्न सो तालिम पोखरा महानगरपालिकाको संयोजनमा भएको हो। स्वास्थ्य तथा शिक्षा क्षेत्रका कर्मचारी, शिक्षक, प्राध्यापक, विद्यार्थीसहित ३० जनाको सहभागिता रहेको तालिममा आत्महत्या रोकथामसम्बन्धी व्यवहारिक तथा मनोवैज्ञानिक ज्ञान दिइएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

तालिममा साइक डेस्क फाउन्डेसनका संस्थापक डा. नरेन्द्रसिंह ठगुन्ना र मनोविद् ज्योत्सना डांगीले सहजीकरण गरेका थिए। डा. ठगुन्नाका अनुसार आत्महत्या सामुदायिक स्वास्थ्यको संवेदनशील विषय हो र यसको रोकथामका लागि सरोकारवाला निकायको समन्वय र प्रभावकारी कार्यक्रम अपरिहार्य छ।

उनले भने, “सही समयमा प्रभावकारी गर्न सके आत्महत्या शतप्रतिशत रोक्न सकिन्छ। तर नेपालको सन्दर्भमा यो चुनौतीपूर्ण विषय हो।”
उनका अनुसार दिगो विकास लक्ष्यअनुसार प्रति एक लाख जनामा आत्महत्याको दर ४.७६ मा झार्न लक्ष्य भए पनि वर्तमान अवस्थामा त्यसमा पुग्न कठिन छ।

डा. ठगुन्नाले सञ्चारमाध्यममा आत्महत्यासम्बन्धी घटनाको संवेदनशील र जिम्मेवार ढंगले रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए। उनले आत्महत्या प्रयास गर्न सक्ने सम्भावित साधनमा पहुँच सीमित गर्नु र समुदायस्तरमा सचेतना बढाउनु आवश्यक रहेको बताए।

वर्डलिंक कम्युनिकेसनकी शेयर सदस्य तथा सीएसआर प्रमुख अनुपा भण्डारी जलानले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानसिक स्वास्थ्य, महिला सशक्तीकरण लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनका अनुसार कम्पनीले १० हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेटको सुरक्षित प्रयोगसम्बन्धी तालिम प्रदान गरिसकेको छ।

तालिममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. राजेशकुमार ठगुराठी, पोखरा महानगर प्रवक्ता मोतीराज तिम्सिना, प्रहरी निरीक्षक सरला ढकाल, प्रशिक्षक डांगी, सहभागी जीवा शर्मा लगायतले आत्महत्या न्यूनीकरणका लागि सहजीकरण तालिम महत्वपूर्ण भएको धारणा व्यक्त गरे।

डा. ठगुन्नाका अनुसार आत्महत्या न्यूनीकरणका लागि “साइडवाकटक कम्युनिटी लिसनिङ” परियोजना पोखराबाट सुरु गरिनेछ। पहिलो चरणमा पोखराका सार्वजनिक स्थलहरूमा अभियान सञ्चालन गरिने र लेकसिटी कलेजका १० जना विद्यार्थी स्वयंसेवकका रूपमा सहभागी हुनेछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *