काठमाडौं । पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जनाले कोरोना जितेका छन् ।
२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर परीक्षण भएको छ ।