झापा/डिल्ली हुमागाई ।
आजभोली नेपाली मिडियामा बस्तुको प्रत्यक्ष बिक्री प्रणाली र नेटवर्क मार्केटिङ्गलाई एउटै बनाएर विभिन्न मिडियामा देशको चौथो अंग मानिने मिडियाले गतल किसिमका सन्देश सम्प्रेषण भइरहेको छ । पुर्व सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले मन्त्री परिषदबाट नेपालमा वस्तुको प्रत्यक्ष बिक्रि प्रणालीलाई नियमन गर्ने विधेयक २०७६ पारित गरिएको सार्बजनिक गरेको एक बर्ष भईसक्दा पनि मिडियाले यसबारेमा नकारात्मक समाचार सम्प्रेषण भने छोडेको छैन । बस्तुको प्रत्यक्ष बिक्री प्रणालीप्रति अहिले नेपाली जनतामा रहेको आशा र भरोसा माथी देशको चौथो अंगलाई चलाउने मिडियाकर्मी साथिहरुले देशको कानुन र आफ्नो मर्यादा बिर्सेर आम बस्तुको प्रत्यक्ष बिक्री गरिरहेका तथा गर्न चाहानेहरुको भबिष्यमाथी खेलवाड गर्नु कत्तिको जायज हुन्छ ? यो प्रेस काउन्सिल, सरकार र बस्तुको प्रत्यक्ष बिक्री गरेको अनुगमन गर्ने निकायले बुझ्न जरुरत छ ।
८ बर्षदेखि सरकारले प्रतिबन्ध गरेको बस्तुको प्रत्यक्ष बिक्री प्रणालीको प्रतिबन्ध फुकुवा भएको छ । तर फुकुवा भएपछि पनि कानुनले मानेको कुरा देशको चौथो अंगले कानुनको बेवास्ता गरि प्रतिबन्धित भनेर समाचार सम्प्रेषण गर्नुले त्यस संस्थाप्रति नै प्रश्न उठ्न थालेको छ ।
बिगत लामो समय देशका अधिकाश युवा युवतीको चाहाना र आशाको बाटो ढिलै भएपनि सरकारले खुलाई दिएकोमा खुशी हुनुको सट्टा हल्लाको भरमा अफवाहपुर्ण समाचार सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण मात्र नभएर निन्दनीय र भत्सना योग्य छ।
सरकारले देशको आर्थिक, सामाजिक रुपान्तरणको परिकल्पना गरेको क्षेत्रलाई मिडिया जगतले स्वीकार गर्न नसक्नु विडम्वना हो ।
नेपालमा अहिले पनि नेटवर्क मार्केटिङले बैधानिकता पाएको छैन तर बस्तुको प्रत्यक्ष बिक्री प्रणालीले पाएको छ। जुन सिस्टम छ त्यसलाई अन्य धेरै मुलुकले विश्वास र वैधानिकता दिएका छन् ।
नेपालका युवा युवती जो आफ्नो भविष्यसँग चिन्तित छन् । उनीहरु माथि बज्रपात गराउने गिरोह र आर्थिक् प्रलोभनमा परी त्यसमा रमाउनेहरु मुख्य समस्या हुन् ।
कतिपय विषय उठान गर्दा त्यसको सहतमा पुग्न र कानुनी व्यवस्थालाई समेत हेर्न आवश्यक हुन्छ । मन्त्रीपरिषद् बैठकले बस्तुको प्रत्यक्ष बिक्री प्रणालीलाई वैधानिकता प्रदान गरेको छ ।
सरकारले २०६८ चैत्र १८ गते को सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि नेपालमा बस्तुको प्रत्यक्ष बिक्री प्रणालीलाई रोक लागेसँगै नेपाल बाट धेरै विलय भएर गए । नेपालकै छिमेकी राष्ट्र चिनले सन २०१९ मा करिब ३५ बिलियन अमेरिकन डलरबराबरको प्रत्यक्ष बिक्रीमार्फत कारोबार गरेको तथ्यांक प्रकाशित छ ।
यसबारे केही नकारात्मक धारणा रहे पनि नेपालमा यससम्बन्धी कानुनी व्यवस्था सुरु भएसँगै केही सुधार आउने आकलन गरिएको थियो तर आजका दिनमा मिडियाले बस्तुको प्रत्यक्ष बिक्री प्रणाली र नेटवर्क मार्केटिङलाई एकै ठाउमा मिसाएर खिचडी बनाउनाले धेरै गतल र निराशाबादी बनाउन थालेको छ।
के हो (प्रत्यक्ष बिक्री)?
आधुनिक प्रत्यक्ष बिक्री भनेको यस्तो बिक्री पद्धति हो, डिस्ट्रिब्युट्रसले उपभोक्ता सम्म पुर्याउने र सामग्रीहरुको बिक्री बितरण गरिन्छ । यो पद्धतिअनुसार व्यापार गर्दा कुनैपनि विज्ञापनका लागि खर्च नहुने भएकाले माउथ टु माउथ सेलिङ पनि भन्ने गरिन्छ । प्रत्यक्ष बिक्रीअनुसार हरेक उपभोक्तालाई वितरक डिस्ट्रिब्युटरको जिम्मा दिइन्छ । र कुल बिक्रीबाट नाफा बितरकहरुमा बाँडिन्छ ।
यदि साच्चिकै नेपालका अनलाइन, पेपर र पत्रकारिता गरिरहेका ब्यक्तिहरुले पनि देशको कानुन र ब्यवस्थालाई मान्ने हो भने देशमा आएका नया परिवर्तन अनि त्यसले देशलाई पुर्याउने टेवा पनि बिश्वसनिय बन्न सक्छ तर सहि र गलत नै छुट्याउन नसकेर कोठे पत्रकारिता र अनुमानको भरमा समाचार सम्प्रेषण गर्नुले राम्रोलाई राम्रो र नराम्रोलाई गलत भन्दा नि निस्तेज बनाउने मात्र काम भएको छ । समाचार भनेको पाठकलाई त्रास दिने होइन सहि कुराको सन्देश दिने जहिले सम्म बन्न सक्दैन त्यो भनेको सहि समाचार बन्न सक्दैन। सबै पत्रकारिता जगतलाई भन्न सक्दिन तर अहिले च्याउ जसरी उमृएका अनलाईन पट्रोलहरुले पत्रकारिता जगत र प्रेसकाउन्सिलको नै बदानामी गरिरहेको छ। आजै यो बारेमा नसोच्ने हो भने भबिष्यमा यसको नकारात्मक असर अवस्य रहनेछ।



















