नेपालमा लक्षित जनसंख्याको २८‍.३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

काठमाडौं/ नेपालमा २८ प्रतिशतभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २८।३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। अर्थात् ६१ लाख ६५ हजार ६२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। त्यसैगरी, ३१।२ प्रतिशत ९६९ लाख ९३ हजार ४५६ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।

EPIC EPIC EPIC

सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।

सरकारले दसैं अघिसम्म लक्षित जनसंख्यामध्ये तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ। पछिल्लो २४ घण्टामा देशभर तीन लाख १२ हजार ८७४ व्यक्तिले खोप लगाएका छन्।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *