Search
Close this search box.
Search
Close this search box.

नेपालमा ३२ प्रतिशत बालबालिका कुपोषणको अवस्थामा

काठमाडौं । नेपालमा ३२ प्रतिशत बालबालिका कुपोषणको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । साथै १७ प्रतिशत महिलाहरूमा अधिक तौलको समस्या रहेको छ ।

राष्ट्रिय योजना आयोगको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार कुपोषण र खाद्य असुरक्षाको स्थितिको अवस्था भौगोलिक क्षेत्र, उमेर समूह र आर्थिक अवस्थाअनुसार फरक रहेको छ ।

EPIC EPIC EPIC

बालबालिकामा हुने पुड्कोपन धनी परिवारमा भन्दा सबैभन्दा बढी गरिब समूहमा सूक्ष्म पोषक तत्वको कमीका कारण दोब्बरभन्दा बढी रहेको पाइएको छ ।

नेपालमा पाँच जनाको परिवारलाई एक दिनका लागि पोषिलो खानाका लागि रु ३४८ र कम पोषिलो सामान्य खानाका लागि रु १४१ आवश्यक पर्दछ। सामान्य खाना भन्दा पोषिलो खाना दोब्बर महंगो पर्नुले बिपन्न परिवारका नवजात शिशु र बालबालिका कुपोषणको उच्च जोखिममा रहेको देखिएको छ ।

नेपालमा कम्तीमा पनि पाँच घरधुरीमध्ये एकले न्यूनतम मूल्य पर्ने पोषिलो खाद्य पदार्थ उपभोग गर्न नसक्ने अवस्थामा रहेका छन् भने केही हिमाली क्षेत्रमा ६० प्रतिशतभन्दा बढी घरधुरीले यस्तो पोषिलो खाद्य पदार्थ उपभोग गर्न नसक्ने अवस्था देखिएको छ ।

बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ ।

तस्बिर: द हिमालयन टाइम्स

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *