नेपालमा ४.५ प्रतिशत घरधुरी अझै छैनन् शौचालयको पहुँचमा

20230324 130814

काठमाडौं-  देशभरमा ४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ ले  देशका कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेको देखाएको छ।

 ४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन।  गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जम्मा परिवारमध्ये ९.८ प्रतिशत परिवारहरूले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५.१ प्रतिशत परिवारहरूले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको ३०.१ प्रतिशतले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन्।

मधेस प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिएको छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ। शौचालय नभएका परिवारहरू बागमती र गण्डकी प्रदेशमा सबैभन्दा कम १ प्रतिशत रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *