नेपालको तेस्रो विकेट पनि गुमेको छ । एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई लगातार झड्का लागेको हो ।
पहिलो ओभरमै दुई लगातारका बलमा नेपाललाई दोहोरो झड्का लागेको थियो । दोस्रो ओभरमा पनि नेपालले विकेट गुमाएको छ । नेपालले कुल १३ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ ।
पहिलो ओभरमा नेपालले ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई गुमाएको थियो । साहिन अफ्रिदीलाई लगातार दुई बलमा दुई चौका प्रहार गरेपछि कुशल क्याच आउट भए । उनको स्थानमा आएको कप्तान रोहित गोल्डेन डक भए । उनी एलबिडब्लु धरापमा परे ।
लगत्तै बलिङमा आएका नसिम साहले अर्का ओपनर आसिफ सेखलाई इफ्तिखार अहमदको हातबाट क्याच आउट गराए ।