नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं : एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंका सँग खेल्दैछ। 

खेल उच्वेकिस्तामा साँझ  सवा ६ बजे सुरु हुनेछ। खेलमा श्रीलंका उच्वेकिस्तानसँग १०–० गोलले पराजित टोली हो भने नेपालले लाओसलाई ९–० गोलले हरायो। 

EPIC EPIC EPIC EPIC EPIC

उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई ९–० ले पराजित गरेको थियो।  यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्।

छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ।

यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो।

नेपालले सन् १९८६ बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो।  सो बेला रमा सिंहले नेपाली टिमको नेतृत्व गरेकी थिइन्। त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भन्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटी, निरू थापाले आर्म ब्यान्ड लगाएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *