नेपालले स्कटल्याण्डलाई पराजित गर्दै त्रिकोणात्मक शृङ्खलामा पहिलो जित दर्ता

काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले स्कटल्याण्डलाई रोमाञ्चक ढंगले दुई विकेटले पराजित गरेको छ।

स्कटल्यान्डको टिटउट क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो।

EPIC EPIC EPIC EPIC EPIC

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

स्कटल्याण्डका लागि मिचेल लिस्क र साफयान सरिफले दुई–दुई विकेट लिए। त्यस्तै, ब्रेन्डन म्याकमुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक–एक विकेट हात पारे।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान म्याथ्यु क्रसले १५ र म्याकमुलनले १० रन जोडे।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले चार विकेट लिए। त्यसैगरी करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट, ललितनारायण राजवंशीले एक विकेट लिए।

खेलमार्फत करण केसीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो बलर हुन्। यसअघि सन्दीप लामिछानेले यो उपलब्धि हासिल गरिसकेका छन्।

उत्कृष्ट प्रदर्शनका लागि सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *