नेपाली कांग्रेसको महामन्त्री : थापा र शर्मा निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गएकाे मङ्सिर २७ गते सम्पन्न चुनावकाे अन्तिम मतगणनाअनुसार महामन्त्रीद्वयमा थापा र शर्मा निर्वाचित हुनुभएको हो ।    

पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार नाै सय ८४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरू क्रमशः डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नाै र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

EPIC EPIC EPIC

चार हजार ६ सय ८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याउनुभयो भने शर्माले दोस्रो स्थानमा जित हासिल गर्नुभएको छ । महामन्त्री उम्मेदवारको मतगणना आज बिहीवार बिहान १० बजेर २० मिनेटदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि गएकाे सोमवार चुनाव भएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *