नेपाली काङ्ग्रेस झापाका दुबै प्यानलमा महिला उम्मेदवार शुन्य

नेपाली काङ्ग्रेस झापाको भोलि हुने जिल्ला समितीको निर्वाचनमा दुई प्यानल आमने-सामने हुँदैछन्। देशको पुरानो र लोकतान्त्रिक पार्टी भनेतापनी दुबै प्यानलका शिर्ष पदमा महिलाको संख्या शून्य छ।

एक सभापति,२ उपसभापति,२सचिव र २ सह-सचिवको पदमा भोलि निर्वाचन हुँदैगर्दा कोहिपनि महिला छैनन्।

EPIC EPIC EPIC

भोलिको निर्वाचनलाई २केन्द्रिय नेताको लडाइँको रुपमा हेरिएको छ।

पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माको समर्थन पाएका राम कट्टेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन पाएका देवमान थेबे चुनावमा होमिएका छन्।

२ केन्द्रिय नेताहरुले प्रत्यक्ष प्रभाव राखेका उम्मेदवारको सुचिमा भने महिलाको संख्या शून्य छ।

यद्यपि प्रत्यक्ष मनोनयन मार्फत आउने महिलाहरुको संख्या भने ठूलो छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *