नेपाली चेली सुनितासँग डिभोर्स गर्दै भारतीय अभिनेता गोविन्दा

काठमाडौं । नेपाली चेली सुनिता आहुजासँग बलिउड अभिनेता गोविन्दाले वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने भएका छन् ।  

भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। तथापि दुवैले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। तर गोविन्दाका भतिजा तथा हास्य कलाकार कृष्णा अभिषेकले भने यो सम्भव नभएको बताएका छन्।

EPIC EPIC EPIC

सुनिताले भनेकी थिइन्- गोविन्दा र म छुट्टाछुट्टै घरमा बस्छौँ सुनिताले केही समयअघि आफू र गोविन्दा सँगै नबस्ने खुलासा गरेकी थिइन्। उनले भनेकी थिइन्- हाम्रा दुईवटा घर छन्। म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन्। गोविन्दा कामको सिलसिलामा राति ढिला घर आउँछन्। जसका कारण हामी सँगै बस्दैनौँ। सुनिताले युट्युब च्यानल हिन्दी रशलाई अन्तर्वार्ता दिँदै यी कुरा भनेकी थिइन्। 

गोविन्दा र सुनिताबीच हुनेछ ग्रे डिभोर्स  जुम टीभीको रिपोर्टअनुसार गोविन्दा र सुनिताको सम्बन्धविच्छेद भएमा यसलाई ग्रे डिभोर्स भनिन्छ। वास्तवमा २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ग्रे डिभोर्स भनिन्छ। यसलाई सिल्भर स्प्लिटर्स पनि भनिन्छ। अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढे पनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च