नेपाली विद्यार्थीलाई कक्षामा फर्किन केआईआईटी विश्वविद्यालयको अपील

काठमाण्डौ। भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ ।

EPIC

विश्वविद्यालय प्रशासनले हिजो अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो । प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ ।

EPIC EPIC EPIC

यसअघि विश्वविद्यालयले पत्रमार्फत तत्कालका लागि शान्ति सुरक्षा व्यवस्था गर्न नेपाली विद्यार्थीलाई अस्थायी प्रतिबन्ध लगाएको बताएको थियो । त्यसपछि हिजो दिउँसो केआईआईटी विश्वविद्यालयमा पढ्ने पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । पछि फेरि प्रतिबन्ध फुकुवा गरेको भन्दै विद्यार्थीलाई फर्किन आग्रह गरिएको हो ।

विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए ।

भारतीय विद्यार्थीको दुर्व्यवहार सहन नसकेपछि उनले आत्महत्या गरेको भन्दै दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना निकालेको थियो ।

नेपालमा रहेको भारतीय राजदूतावासले घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले हिजो वक्तव्य निकालेर विश्वविद्यालय र ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि पहल भएको बताएको छ ।

विश्वविद्यालयले विद्यार्थीहरूलाई होस्टेलमा बस्न र अध्ययनलाई निरन्तरता दिन भनेको अवगत गराउँदै स्थानीय अधिकारीद्वारा घटनाका छानबिन भइरहेको पनि दूतावासले उल्लेख गरेको छ । यस्तै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *