काठमाडौं– नेपालका लोकप्रिय संगीतकर्मी शिखर सन्तोष अहिले अचानक चर्चामा आएका छन् । थुप्रै कर्णप्रिय गीतका यी सर्जकलाई यतिबेला नेपालभन्दा पनि भारतबाट थप चर्चा प्राप्त भएको छ । उनकै स्वरमा बनेको एउटा हिन्दी यूगल गीत भाइरल भएपछि उनको चर्चा चुलिएको हो ।
वास्तवमा अहिले सामाजिक सञ्जालका रिल्स तथा टिकटकमा एउटा भिडियो भाइरल भैरहेको छ । संगीतकर्मी शिखर सन्तोष तथा बलिउड गायिका सिरषा भागतुल्यको यूगल गायनको उक्त गीतमा मोनालिसाद्वारा गरिएको उक्त भिडियोमा अघिल्लो साता सम्पन्न प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट भाइरल भएकी भारतीय युवती मोनालिसाको आकर्षक नृत्य प्रदर्शन गरेकी छिन् । मोनालिसाले उक्त नृत्य नेपालकै रौतहट जिल्लाको मौलापुर नगरपालिका, मौलापुरमा आयोजित मदानी महोत्सवका क्रममा गरेकी हुन् ।



















