नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरो प्रभावितको घाइते र शवको उद्धार

img 20230621 wa0033

बिर्तामोड, असार ६ ।

झापाको चारआलीस्थित अरिदमन गणले ताप्लेजुङको पहिरोमा परेर निधन भएका तथा घाइतेको उद्धार गरेको छ ।
गणले सिदिङवा ६ मुकुभञ्ज्याङस्थित पहिरोमा परेर निधन भएका केशरकुमार राई र घाइते सुरेश राईलाई गम्भीर अवस्थामा उद्धार गरेको थियो । उपचारको क्रममा सुरेशको पनि निधन भएको थियो ।
उनीहरुको शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी आज आफन्तलाई बुझाइएको हो ।
त्यस्तै, सो पहिरोमा भएका घाइते तारादेवी राई र गुमानसिंह राईलाई समेत उद्धार गरी सोही हेलिकोप्टरमार्फत आफन्तलाई जिम्मा लगाइएको थियो ।
उद्धार कार्यमा पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी डा.आशबहादुर तामाङ, नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाको निर्देशन तथा समन्वय रहेको थियो ।
उनीहरुको हिजो नै उद्धारको कोसिस गरिए पनि मौसमको खराबका कारण आज उद्धार गरिएको अरिदमन गण चारआली ब्यारेक झापाका गणपति प्रमुखसेनानी इमेशमेहर श्रेष्ठले जानकारी दिए ।

EPIC EPIC EPIC
img 20230621 wa0034
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च