Search
Close this search box.
Search
Close this search box.

नेपाल आइडलमा पहिलो सन्थाल गायिका झापाकी मुना

झापा बिर्तामोड –८ निवासी मुना सोरेन यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् । नेपाल आइडलको पाँचौँ संस्करणमा सहभागी उनी केही दिनदेखि ‘भाइरल’ भइरहेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकदेखि विभिन्न प्लेटफर्ममा मुना सोरेनको प्रस्तुति देख्न पाइन्छ । सोरेन नेपाल आइडलमा सन्थाल समुदायबाटै पहिलो पटक सहभागी भएको पनि दाबी गरिएको छ । उनले भनिन्, ‘सन्थाल समुदायबाटै पहिलो सहभागी हुँ ।’ बिर्तामोडमा भएको अडिसनमा उनले आफ्नो प्रस्तुति सन्थाल भाषाको गीतबाट सुरु गरेकी थिइन् । उनले प्रि–अडिसन र अडिसन राउन्ड पार गरेर नेपाल आइडलको यात्रा तय गरेकी छन् । अब उनले नेपाल आइडलको नियम बमोजिम बन्द सत्रमा प्रशिक्षण लिने छिन् ।

EPIC

सन्थाल गीतकै कारण भाइरल भइरहेकी मुनाले अडिसनका क्रममा अन्य गीतहरु पनि प्रस्तुत गरेकी थिइन् । दुर्गा मावि गरामनीको पूर्व विद्यार्थी समेत रहेकी उनको चर्चा चुलिएसँगै नेपाल आइडलको अबको यात्रामा सहयोग गर्नेहरुले अग्रसरतादेखाएका छन् । भारतमा आमा मजदुरी गरिरहेको बताउने उनले गीत संगीतको कुनै कक्षा लिएकी छैनन् ।

समुदायमा गीत संगीतप्रति ठुलो रुचि नभएकाले पनि कला केन्द्रहरु पुग्न नसकेको उनको भनाइ छ । पिछडिएको समुदायको रुपमा रहेको सन्थाल जातिबाट सहभागी उनको प्रतिभालाई नेपाल आइडलले बाहिर ल्याएको भन्दै चौतर्फी प्रशंसा गरिएको छ । बुबा दोस्रो विवाह गरेर अलग्गै बसिरहेका छन् भने आमाले भारतमा श्रम गरेर ४ जना छोराछोरी हुर्काइरहेकी छन् । गायनमा तीब्र रुचि राख्ने उनले जीवन अँध्यारो भएको प्रतिक्रिया दिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *