काठमाडौं । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को गय राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी छन् । यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका अभिनय खाती चौथो बने भने काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् । चौथो र पाँचौँ भएका दुबै जनाले एक–एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् ।