नेपाल एरलाइन्सको विमान मलेसियामा ग्राउन्डेड

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहानैदेखि रोकिएको छ।

निगमका अनुसार भैरहवा हुँदै काठमाडौं आउन लागेको निगमको 9N -AKW जहाजको अक्सिजनको अभावका कारण रोकिएको हो । विमान रोकिएपछि काठमाडौं आउन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको निगमले विज्ञप्ती मार्फत् जनाएको छ। निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर मलेसिया उडाएको थियो ।

विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौंमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो।

यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९ बजेर ३५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *