झापा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ झापा जिल्लाको चौथो अधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशनबाट रत्न कुमार थिङलाबो अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा शेखर नाथ अधिकारी, सचिवमा यादव गिरी चयन भएका छन्। कुल २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान थेबे रहेका थिए। कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य झमक खड्का, केशव पाण्डे, नेपाल महिला संघ जिल्ला सभापति टीका मैनाली, राम कटेललगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता रत्न कुमार थिङलाबोले गरेका थिए।
निर्वाचित सदस्यहरूको सूची निम्नानुसार छ:
क्षेत्र नं. १:
- महेश मेनेङगेा
- प्रमेद राजबंशी
- केशव सुवेदी
- डिकुरा देवी निरौला
क्षेत्र नं. २:
- शेखर नाथ अधिकारी
- छत्रबहादुर बिष्ट
- नन्द किशोर अधिकारी
- इन्दिरा दाहाल
क्षेत्र नं. ३:
- रमला बिष्ट
- मित्रलाल अधिकारी
- राजेन्द्रप्रसाद ओली
- रघुनाथ अधिकारी
क्षेत्र नं. ४:
- रत्न कुमार थिङलाबो
- यादव गिरी
- बलराम अधिकारी
- गंगा देवी मैनाली
- शिव कोटी
क्षेत्र नं. ५:
- करण गौतम
- ओमप्रकाश पराजुली
- रक्षा सुवेदी अधिकारी
- राजकुमार गौतम
नवनिर्वाचित समितिले किसान हितमा कार्य गर्दै महासंघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।