इटहरी- नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। सोमबार बेलुका इटहरीस्थित जनता माविको प्रांगणमा भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहान आएको हो। जसअनुसार थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर ३०९ रहेको छ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
निर्वाचितहरूको मत कसको कति?
अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)
जीवन कार्की– ४५३ मत
कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)
उपाध्यक्ष
सन्दिप खत्री – १०६८ (विजयी)
दिपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्जवल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)