नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बुधबारे जेसीजका भट्टराईको उम्मेदवारी रहने

झापा(बुद्धशान्ति)। बुधबारे जेसीज बर्ष २०२२ का अध्यक्ष जेसीआई सिनेटर मुकेश भट्टराईले नेपाल जेसीज बर्ष २०२५ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । नेपाल जेसीजको आयोजना तथा इटहरी जेसीजको आतिथ्यतामा आगामी पुष ६, ७ र ८ गते हुन गइरहेको ५१ औँ राष्ट्रिय अधिवेशनमा भट्टराईले उमेद्वारी दिने भएका हुन् ।

बुधबारे जेसीजले मंलगबार पत्रकार सम्मेलन गरी आफ्नो शाखाका पूर्व अध्यक्ष जेसीआई सिनेटर मुकेश भट्टराई राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने पक्कापक्की भएको बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देव राजपुतले बताएका छन् ।

EPIC EPIC EPIC
जेसीआई सिनेटर मुकेश भट्टराई

पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष प्रकाश भण्डारी, नन्दकुमार याफुराई, हेमन्त बराल, सेमन्त पोखरेल, मानार्थ सदस्य दिपेन सिटौला, निवर्तमान अध्यक्ष अर्जुन ढकाल, महासचिव गजुहाङ योङयाङ लगायतले भट्टराईलाई जितको अग्रिम शुभकामना दिदै नेपाल जेसीजका सम्पूर्ण शाखाका पदाधिकारीहरुलाई आफ्नो शाखाबाट प्रतिनिधित्व गर्ने मुकेश भट्टराईलाई जिताउन अपिल समेत गरेका छन् ।

जेसीजसंगै विभिन्न सामाजिक जिम्मेवारी र उत्तरदायित्वलाई पहिलो प्राथमिकता दिने भट्टराईले यस अघि विभिन्न संघ संस्थामा रही नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *