नेपाल पोलियो सर्भेलेन्समा उत्कृष्ट, डब्लुएचओ सेरो क्षेत्रका १० देशलाई उछिन्यो

काठमाडौं। नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ ।

नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो)अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो ।डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लुएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो ।

EPIC EPIC EPIC

देशभरि नै १५ वर्ष मुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शङ्कास्पद बिरामीको थाइल्याण्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन ।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नेपालले प्रति एक लाखमा ७.१ जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाएर उत्कृष्टता हासिल गरेको बताए ।

उनले अनुसार देशभरि ५७९ जनामा पोलियोका शङ्कास्पद बिरामी भेटिएका छन् । उनका अनुसार अझै ४० शङ्कास्पद बिरामीको परीक्षण हुन बाँकी छ । डब्लुएचओको मापदण्डअनुसार प्रति एक लाखमा दुई जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाउनुपर्ने हुन्छ ।

तर नेपालले डब्लुएचओले तोकेको मापदण्डभन्दा धेरै बिरामी भेटाएर उत्कृष्ट सर्भेलेन्स गरेको छ । नेपाल २०१४ मा पोलियोमुक्त भइसकेको छ । पछिल्लो पटक २०१० मा रौतहटमा एक जनामा पोलियोको बिरामी भेटिएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *