काठमाडौं । नेपाल बङ्गलादेशसँग पराजित हुँदै यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । भारतको अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा शुक्रवार भएको सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित भएसँगै नेपाल उपाधि दौडबाट बाहिरिएको हो ।

बङ्गलादेशका लागि असिकुर रहमानले ७४ र नजमुल फ्यासलले ८१ औँ मिनेटमा एक–एक गोल गरेका थिए । नेपालका लागि सुजन डङ्गोलले ८६ मिनेटमा सान्त्वना गोल फर्काए । नेपाललाई हराएर फाइनलमा पुगेको बङ्गलादेशले अब भारत र माल्दिभ्सको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।