पालिका सन्देश । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालय द्वारा आयोजित मुल समारोह एवं बितरण कार्यक्रम २०८० भव्यताका साथ सम्पन्न भएको छ ।
एभरेस्ट बोर्डिङ स्कुलमा आयोजना गरिएको कार्यक्रममा माननीय सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कोभिड १९ संक्रमणको समयमा शव व्यवस्थापन गर्ने स्काउटरहरुलाई पराक्रमी पट्ट पदक एवं प्रशंसा पत्र, डाक्टर अन कलमा चिकित्सा परामर्श उपलब्ध गराउने चिकित्सकहरुलाई स्वयंसेवी पदक र एस एम एस, खाधान्न बितरण र क्वारेन्टाइन व्यवस्थापनमा कार्य गर्ने स्काउटर, रोभर/ रेन्जरहरुलाई स्वयंसेवी पदक र प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रममा रास्ट्रीय प्रशिक्षकहरु, प्रदेश तदर्थ समितिका पदाधिकारीहरु, चिकित्सक , पत्रकार, एड्भान्स स्काउट लिडरहरु,स्काउट लिडरहरु , रोभर/ रेन्जर र स्काउटहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल स्काउट , कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनालले गरेका थिएभने समिति सदस्य हेमन्त भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए ।



















